गायक सुनिल गिरीले पनि लगन गाँठो कसेका छन्  ।फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । लामो समय देखिको प्रेमलाई उनले अन्जु आचार्य संग बिहेमा परिणत गरेका हुन् । गिरिले जर्मनिमा बिहे गरेका हुन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, लगायतका केहि  चर्चित गीत गाएका उनले यो गीतको कम्पोज पनि आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ ।