नेपाली फिल्म ‘तान्द्रो’ युट्युबमा सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत रिलिज गरिएको फिल्म तत्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको हो ।फिल्ममा दयाहाङ राईको मुख्य अभिनय रहेको छ ।


२०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालिन माआवादीको साँस्कृतिक टोलीलाई सुरक्षा फौजले आक्रमण गरेको थियो ।उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । फिल्ममा दयाहाङको साथै रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मलाई  पुरुषोत्तम प्रधानले खिचेका हुन् ।