नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ । काठमाडौंमा सिनेमाका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेकाछन् । ‘पावनी फिल्मस्ले विश्वभर फिल्मलाई  प्रमोशन गर्नेछ lपुस्कर झा निर्माता र काजीमान आत्रेय कार्यकारी निर्माता रहेको फिल्मको निर्माणमा डीबीआर मिडिया एण्ड मुभिज र आइविल प्रोडक्सन अष्ट्रेलियाले सहकार्य गर्नेछन् । फिल्मको कथा प्रस्तुतकर्ता परियारको हो । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएपछि ‘सायरा’ छायांकनमा निस्कनेछ । फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरुको अभिनय रहनेछ । नेपालबाट सुपरस्टार आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनेछ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । हालै फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी पनि भित्रिएका छन् । फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुनेछ l