फिल्म 'पासो' आजबाट प्रदर्शनमा आएको छ ।  आर.बी पुनको निर्देशन रहेको फिल्ममा कलाकार रीस्ता बस्नेत, सुनिषा बजगार्इं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्ममा भगवान् भुजेलको लगानी रहेको छ l फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा राजकुमार राउत छन् ।