अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल बिहे बन्धनमा बाधिएका छन् । करिब ८ वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्माले पहिलो पटक फिल्म ‘आभाष’मा एकसाथ काम गरेका थिए ।शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुको विवाह भएको हो ।