पछिल्लो समय सामजिक सन्जाल मार्फत थुप्रै घट्नाहरु घटने गरेका छन । हरेक बर्ष सामजिक सन्जालका कारण धेरै घटनाहरु घटेको सुन्नमा आइरहन्छ । फाइदा र मानिसको समयको बचतको लागि बनाइएको सन्जाल अहिले आएर बेफाइदाका कारणहरु बन्दै गैरहेको छ । यसैलाईनै मध्य नजर गर्दै दर्शना स्कुलको प्रस्तुतिमा सडक नाटक ‘सामाजिक सञ्जाल’ मञ्चन गरिएको छ ।समाजमा घटी रहेको घटनालाई नाटक मार्फत देखाइएको छ । जसमा सामाजिक सञ्जालको गलत दुरुपयोग गर्दा के-के हानी नोक्सानी हुन्छ र सहि सदुपयोग गर्दा के-के फाइदा हुन्छ भन्रे कुरा नाटकले प्रस्ट्याउन खोजेको छ । निर्देशक सुरेन्द्र क्षेत्रीको लेखन तथा निर्देशन रहेको नाटककागेश्ववरी मनोहराको विभिन्न स्थानमा नाटक देखाइएको छ भने यहि १८ गते मुलपानिमा २ बजे र बोडेमा ४ बजे प्रस्तुत गर्ने तयारीमा कलाकारहरु छन् । दर्शना स्कुलले प्रत्येक वर्ष समाजमा घटेको घटनालाई आधार बनाएर सडक नाटक गर्ने गरेको छ ।नाटकमा आईवा रावना, नुजल दाहाल, सुरज न्यौपाने, रितिक खड्काको अभिनय रहेको छ । साथै,सह-निर्देशकमा खेम राज कोइराला पनि रहेका छन् ।