यस् पटकको नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकामा हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै अवार्डबारे जानकारी गराएको हो । आगामी जेठ १३ गते (२७ मे, २०२३) मा अमेरिकाको टेक्सासमा अवार्ड कार्यक्रम हुने छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड आयोजना भइसकेको छ ।गत वर्ष नेफ्टा अवार्डको १०औं संस्करण काठमाडौंको सोल्टी होटलमा भएको थियो ।नेपालमा आयोजना हुने प्रतिष्ठित यस् अवार्डमायस वर्ष (२०७९ साल) भित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा जनाइएको छ । ४२ विधामा वितरण हुने अवार्डका लागि जुरीले बैशाखमा फिल्म हेर्नेछन् ।