फिल्म चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारी गर्दै फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको हो ।एमी मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।
स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्मको सार्वजनिक मोसन पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ ।