फिल्म ‘ग्रहण’ बाट अभिनेता बिनय श्रेष्ठ बाहिरिएका  छन् । निर्माण टिमले अब श्रेष्ठको ठाँउमा दिव्यदेवलाई प्रवेश गराएका छन् ।गत बर्ष भारतको सिक्किम पुगेर घोषणा गरिएको फिल्ममा नायिका नम्रता श्रेष्ठ र विनयलाई अनुबन्धित गरीएको थियो । फिल्ममा नम्रता भने यथावतनै रहेकी छन् । फिल्मको कलाकार मत्र नभएर कथावस्तु नै हेरफेर गरीएको छ ।राजिव गुरुङ्गको निर्देशनमा बन्ने फिल्ममा हरि हुमागाईले छायाकन गर्ने छन् । साथै,प्रविन श्रेष्ठको सम्पादन फिल्ममा देख्न सकिन्छ ।