फिल्म "झिंगे दाउ " र "रेशम फिलिलि" को सिक्वेल निर्माण हुने भएको छ । बक्स अफिसमा यि दुबै फिल्मले तहल्का मच्चाएपछि निर्माण टिम फिल्मको दोश्रो सिक्वेल बनाउने तयारीमा रहेका हुन् । "झिंगे दाउ " दाउ यहि बर्ष प्रदर्शनमा आएको थियो भने "रेशम फिलिलि" २०७२ मा । प्रणय जोशीको निर्देशन रहेको रेशम फिलिलि फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । साथै ज्ञानेन्द्र देउजा निर्देशित झिंगे दाउमा मुकुन भुसाल कुशल बिष्ट , हिउँवाला गौतम, सङ्गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुसाललगायतको पनि अभिनय रहेको थियो ।