फिल्म ‘तिम्रो मेरो साथ’को क्लब गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘जोश छ जवानीको’ बोलको आइटम गीतमा फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह देखिएकि छन् ।योगेश काजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा निर्देशक पौडेलकै शब्द रचना र गायक शाहको संगीत छ । रमेश एमके पौडेलद्वारा निर्देशित फिल्ममा साम्राज्ञी, पुष्प खड्का, सन्दिप क्षेत्री, खड्का बहादुर पुन, इमिली लामा, ध्रुव दत्त ,सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ ।कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा/संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन देख्न सकिन्छ ।
फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।