फिल्म ‘चिलगाडी’ निर्माण हुने भएको छ  । दुई वर्षअघि घोषणा भएको यस् फिल्म अब भने अगाडि बढ्ने भएको हो । मन्त्र निर्देशक खिलबहादुर गुरुङले निर्देशन गर्ने यस फिल्मलाई सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण गर्न लागिएको हो ।  फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । आगामी माघबाट छायांकन सुरु हुने फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने फिल्मको कलाकार भने फाइनल भैसकेका छैनन् ।