सिनेमा घरमा फिफा नदेखाउने आदेश दिदै चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरेको छ । अध्यक्ष भुवन केसिले विज्ञप्ति जारी गर्दै हलवालाई चुनौति दिएका हुन् । विकास बोर्डले यतिबेला यो उर्दी जारी गरेको छ जब हलले बेलुकीको समयमा फुटबल देखाउने गरी बुकिङ खोलेका छन् । केही सिनेमाघरका सञ्चालकका अनुसार यसरी खुलेका बुकिङमा दर्शकको चाप पनि छ ।