हलमा फ्लप भएको फिल्म ‘सम्झना बिर्सना’ नेट्फ्लिक्स र अमेजन प्राइममा  रिलिज गरिने भएको छ l हलमा पानी पनि भन्न नपाएको फिल्मलाई ओटिटिमा रिलिज गर्न निर्माण टिमले योजना बनाएका हुन् ।  फिल्ममा मुख्य भूमिकामा कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ  छन् l  फिल्ममा निर्माताको रूपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l निर्देशक प्रधानको डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ lफिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।