फिल्म "सरी मम्" को रिलिज मिति परिवर्तन गरीएको छ । हलिउड फिल्म अवतार पनि सोहि दिन रिलिज हुने खबर बाहिरिएपछि निर्माण टिमले मङ्सिर १५ बाट फिल्मलाई माघ ५ मा रिलिज गर्ने तयारी गरेका हुन् ।  विनोद लामाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा  सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवाल लगायतको अभिनय रहेको छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिएको छ । एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन् ।