ज्ञान भनेको कार्यको र प्रभावको ज्ञान हो, त्यो हो, कारण, समझ र बुद्धिमत्ता मार्फत वास्तविकता बुझ्नको लागि बहुमूल्य जानकारी प्राप्त गर्न। यसले दर्ता प्रक्रियाबाट कस्तो नतिजा ल्याउँछ, त्यसमा सन्दर्भ गर्दछ। ज्ञानको बारेमा थुप्रै प्रश्न सोधिने गरेका छन् । तर यसको उत्तर भने सबैको फरक फरक छ । ज्ञान भनेको के हो ?,विशेषताहरू र ज्ञान को गुणहरू,ज्ञान कसरी प्राप्त हुन्छ? ,ज्ञानका प्रकारहरू, दार्शनिक ज्ञान,अनुभवजन्य ज्ञान,वैज्ञानिक ज्ञान ,ईश्वर शास्त्रीय ज्ञान भनेर छुटाइएको छ l ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ। यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास विषय वा विषयमा सञ्चित जानकारीलाई जनाउँछ। अधिक विशिष्ट अर्थमा, ज्ञान क्षमता, कौशल, मानसिक प्रक्रियाहरू र व्यक्ति द्वारा प्राप्त जानकारीको सेटको रूपमा परिभाषित गरिएको छ, जसको कार्य हो वास्तविकता वर्णन गर्न, समस्याहरू समाधान गर्न र व्यवहारलाई निर्देशित गर्न। यही प्रश्न नै प्रश्ननले घेरिएको शब्द "ज्ञान" लाई नै नजर राख्दै नाटक 'ज्ञानको चिहान' मञ्चन हुने भएको छ । बत्तिसपुतलि स्थित शिल्पी थिएटरमा नाटक मञ्चन गरिने भएको हो ।पौष १३ देखि ३० गतेसम्म मञ्चन हुने नाटकलाई माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलासी प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो । सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन् भने नाटकको कथा पूर्ण बहादुर गन्धर्व र नरेश रेग्मीले तयार पारेका छन् । नाटकमा सौभाग्य सिंह राई , विशाल देवकोटा , सुचित्रा उप्रेती , उन्नत जङ्ग उप्रेती , नवीन अर्याल , दीपेश काफ्ले सन्जित प्रताप मल्ल , नवीन प्याकुरेल,सुनिल तामाङ , अर्जुन दुलाल , विकाश लामा , मौसम खड्का ,आइपि आचार्य,सुन्दर धिताल, प्रीतिशा अधिकारी , पूर्ण बहादुर गन्दर्व , शंकर पोख्रेल, श्रवन सिंह राना मगरको अभिनय रहेको छ ।