फिल्म ‘गुन्जन’ को फस्टलुक सार्वजनिक गरीएको छ ।
पौष २९ गतेलाई रिलिज मिति तोक्दै निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन्  ।पोष्टरमा फिल्मका मुख्य कलाकार सारा शिर्पाली र नव-नायक प्रितमराज सेन्चुरीलाई देखाइएको छ।  अष्ट महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहण शाही, सुस्मिता बराल लगायतका कलाकारको अभिनय रहेको छ।