फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाएको हो । निर्देशक सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ लगायतको अभिनय छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माता छन् l तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए ।