बलिउड अभिनेता विवेक ओबरोय  नेपाल भ्रमणमा आएका छन्  । बुधवार उनी परिवारसँग नेपाल आएका हुन् । एक हप्ताका लागि आएका उनि साँझ ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन । नेपाल बसाईको क्रममा उनले सगरमाथा बेसक्याम्प र पोखराको पनि भ्रमण गर्नेछन् । गौशलास्थित होटल द्वारिकामा उनलाई बस्नका लागि चाँजोपाँचो मिलाइएको छ । शुक्रवार उनी पोखरा प्रस्थान गर्नेछन् । त्यतैबाट उनी चार्टर हेलिकप्टरमार्फत् सगरमाथा बेसक्याम्प जाने सेड्युल छ । त्यसपछि उनी लुम्बिनी भ्रमणमा निस्कनेछन् ।

Cine Pati Cine Pati