फिल्म ‘प्रसाद २’को छायांकन सुरु भएको छ ।  फिल्मको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो ।सुदर्शन थापाको निर्देशन रहने फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता सुदर्शन बस्नेत र कार्यकारी निर्माता सुवास थापा हुन् । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायत पनि कलाकारमा छन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको गीतमा संगीत रहनेछ ।फिल्मलाई रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।