निर्माण हुने आगामी फिल्म "जेरी २" को फन्ट डिजाइन प्रतियोगिताको घोषणा गरिएको छ । फिल्म टिमले रु ५०००० को धनरासि राख्दै फन्टको घोषणा गरीएको हो । डिजाइनको छनोट जुरी समुहले गर्ने पोस्टरमा उल्लेख छ nepmoviesentertaiment@gmail.com मा डिजाइन पठाउने समयसीमा डिसेम्बर २५ सम्मलाई तोकिएको छ ।सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने छन् । फिल्ममा अभिनेता अनमोल केसी अनुबन्ध भइसकेका छन् । फिल्ममा पूर्णिका सिजापति पनि फाइनल भइसकेकी छन् भने अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माको नाम चर्चामा छ ।