स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ l डिसेम्बर २४ मा भृकुटीमण्डपमा हुन लागेको फेस्टिभलमा मिनि मारे ,ड्रेक्पप ,ठन्डर बोल्ड , लिभोरी, वित्च हेजेल्स लगायत टिम मेम्बरहरुले आफ्नो प्रतिभा देखाउने छन् । नेपाल र कोरिया बिच केपप र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमले संस्कृतिको प्रवर्द्धनलाई धेरै टेवा पुर्‍याउने आयोजकहरुको भनाइ छ ।  सेम्सङ , लेट मि इन ,ओरिएन,फिट्नेस माइ ए साथै अन्य कम्पनिहरु पार्ट्नरको रुपमा रहेका छन् । कार्यक्रमहेर्न चाहाने दर्शक माइ पे एप्स मार्फत टिकट खरीद गर्न सक्ने छन् । लग्भग ४ हजार माथि दर्शकको उपस्थिति रहने कार्यक्रमले नेपालमै पहिलो पटक हुन लागेको हो । विजेताले २ लाख पुरस्कार सहित अन्य भौचरहरु पनि पाउने छन् ।