फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निर्वाह गरेको चर्चित पात्र "भष्मे डन"  बाट फिल्म निर्माण हुने भएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘भष्मे डन’मा विपिनको नै मुख्य भूमिका रहनेछ । ‘आगामी फागुनबाट छायांकन सुरु हुने फिल्मको कथा कलाकार खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्मको अधिकांश छायांकन काठमाडौंस्थित पशुपतिनाथ क्षेत्रमा नै हुनेछ । ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका रविन्द्र सिंह बानियाँको पनि फिल्ममा अभिनय रहने फाइनल भइसकेको छ । दीपेन्द्र र खगेन्द्रले मिलेर फिल्मको निर्माण गर्नेछन् ।