नाट्यकर्मीद्धय सुलक्षण भारती र सिर्जना अधिकारीले ‘पुरानो घर’ नामक नाट्य समूह स्थापना गरेका छन् । दसैँको पुर्णिमामा अग्रज रंगकर्मीहरुबाट टिका थाप्दै बिहीबार राजधानीको सिनामंगलमा ‘पुरानो घर’ नाट्य समूहको शिलान्यास गरिएको हो । सधैँ गुरुकुलमा दसैँको पूर्णिमामा नियमित मनाउँदै आयरहेको दसैँ यसबर्ष भने नयाँ थिएटरमा मनाइएको हो । सिनामंगलमा आफ्नो निजी जग्गामा सुलक्षणले थिएटर निर्माण गर्न लागेका हुन् ।
०७२ सालको भूकम्पमा घर भत्किएपछि त्यही जग्गामा उनीहरूले थिएटर निर्माण गरेका हन् । ५ आनाको जग्गामा निर्माण हुन लागेको थिएटरको लागत करिब ६० लाख रुपैयाँ रहने बताएको छ । थिएटरमा १ सय ५० दर्शक क्षमता रहने छ । हाल अनामनगर स्थित मण्डला थिएटरमा सक्रिय रहेका सुलक्षण र सिर्जनाले निर्माण गर्ने लागेको ‘पुरानो घर’को निर्माण माघ÷फागुनसम्म सकिने लक्ष्य रहेकाे बताए ।