अभिनेता सलोन बस्नेत अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । फिल्म ‘जय हो’मा काम गर्न लागेका सलोनको यो विहे पछिको पहिलो प्रोजेक्ट हो । टेक पौरखीको निर्देशन रहने फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् ।माघ अन्तिम सातादेखि छायांकनमा निस्कने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिने छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् ।