गायिका अस्मिता अधिकारी र गायक आनन्द कार्किको सांगीतिक प्रस्तुति हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगन्तुक रिसोर्ट बनेपाको आयोजनामा हुन लागेको ‘न्यु इयर इभ इम्फोनी’ कार्यक्रममा अस्मिता र आनन्दले दर्शक नचाउने भएका हुन् । गायिका अधिकारीले तिम्रो मायाले, बुलेट बाइक, चौबन्दीमा सजाको, तिमी सँगसँगै हिँड्न, तिमीलाई हेरी हेरी लगायत आफ्ना दर्जनौ हिट गीत प्रस्तुत गर्ने छिन् ।३१ डिसेम्बर साँझ आयोजना हुने कार्यक्रममा गीतसंगीतको अलवा विभिन्न आकर्षक अन्य प्रस्तुति पनि रहनेछ ।