गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको ‘लुखुर लुखुर’ गीत रिलिज गरीएको छ । गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहेको छ । भिडियोमा अभिनेता विल्सन बिक्रम राई, सागर खनाल, बेदना राई, लोसीना लामिछाने, सौगात करनजीत र गंगा कुंवरको अभिनय देख्न सकिन्छ ।
बेलायतबाट भर्चुअल माध्यमबाट ६ वटा भिडियो निर्देशन गरिसकेका निर्देशक हिरा काजि थापाको ‘लुखुर लुखुर’ सातौँ प्रस्तुती हो । गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् । संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिगं रहेको छ।