‘छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता दिपकराज गिरी रुपमा प्रस्तुत भएका छन् । फागुन २१ लाई रिलिज मिति तोक्दै निर्माण टिमले पोस्टर रिलिज गरेका हुन् । केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ ।