करिब दुई दशक देखि कलाकारितामा एकसाथ देखिन्दै आइरहेको जोडी हो , दीपक–दिपा उर्फ दिपकराज गिरी र दिपाश्री निरौला । रेडियो नाटकबाट सुरु भएको यी दुईको यात्रा यति बेला हल–हल सम्म जोडिएको छ । पुराना दिन सम्झिन्दै दीपक भन्छन् ‘हाम्रो पहिलो भेट रेडियो नेपालमा भएको थियो । त्यही क्रममा रामविलास र धनियाँको कार्यक्रम गर्ने अफर दिपाजीलाई गरे । उहाँले तराईको टोन बोल्न सक्नु हुन्थ्यो ।  उहाँले मान्नु भयो । अनि हाम्रो यात्रा सुरु भयो ।’ दिपा थप्छिन् ‘त्यसरी रेडियोबाट सुरु भएको हाम्रो यात्रा, अहिले हल सम्म छ । ’ 
दीपक–दिपासँग गरिएको कुराकानी :-