म्युजिक भिडियो 'भोलि भन्ने नआउला कतै' बोलको गीत सार्वजनिक गरीएको छ ।  तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको छ । भिडियोमा करिष्मा मानन्धर र धिरेन शाक्यलाई देख्न सकिन्छ ।  । 

 

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी (एम बि ए  फिल्म्स)ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन्। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।गीतलाई गायिका रानी शाख्यकै अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ