डिसेम्बर फल्स’को गीत सार्वजनिक गरीएको छ । "यो के भयो बोलको गीतलाई गत शनिबार सार्वजनिक गरीएको हो । गीतमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र उपासनालाई फिचर्ड गरीएको छ । अस्मिता अधिकारी र मानिस ढकालको आवाज रहेको गीतको शब्द सुशान्त गौतम र अनिल शर्माले कोरेका हुन् ।
प्रविण झा निर्देशित फिल्म रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् । फिल्मका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । फिल्मको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ ।फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ ।पुष १५ गतेलाई प्रदर्शन मिति फिल्मको तोकिएको छ ।