`ह्रस्व-दीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी छिन । मुख्य भूमिकामा बिपना फिल्ममा फाइनल भएकी हुन् l‘ह्रस्व-दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निता फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुनेछ । ‘ह्रस्व दीर्घ’को छायाङ्कन अर्को वर्षको असारपछि मात्र सुरु हुनेछ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने फिल्ममा बलिउडका चर्चित कलाकारको पनि अभिनय रहने बताइएको छ । सिनेमामा वसन्त अधिकारी मुख्य सहायक निर्देशकको रूपमा रहनेछन् । फिल्ममा अभिनेत्री निता ढुङ्गानाको पनि मुख्य भूमिका छ ।