फिल्म ‘हिजो आजका कुरा’  अष्ट्रेलियाको विभिन्न शहरमा  प्रदर्शन भएको छ ।  अमेरिकामा प्रदर्शन सक्काएर फिल्म अष्ट्रेलियाम देखाउन सुरु गरीएकको हो। साकारले २२ डिसेम्बर बिहीबारमा अष्ट्रेलियाको क्विनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको जानकारी दिए । डर्विन क्याथरिन र ब्रिसवेनमा यसअघि नै सिनेमाको शो भैसकेको छन्, भने आगामी २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट र २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुँदैछ ।
अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले प्रदर्शनमा साथ दिएको छ । त्यस्तै, अमेरिकामा फिल्मको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म फिल्म प्रदर्शन सुरु हुने छ ।  फिल्मलाई सन्तोष पन्तका छोरा निर्देशक साकार पन्तले निर्देशन गरेका छन् l नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस फिल्म बनेको हो । फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सन्दीप किस्नको रहेको छ ।