फेसिएल हाउस आजबाट पन्ध्रौ बर्षमा टेकेको छ । १५ बर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसिएल हाउसको आज बार्षिकोत्सव मनाइएको छ ।केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा हाउसकी अध्यक्ष सुष्माले नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना रहेको बताइन् । हाउसको शाखा धनगढी,  सुर्खेत र पोखरामा यतीबेला संचालनमा छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितीहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो । नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरुको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसले १५ औं बार्षिकोत्सवको अवसरमा पौष महिनाभरी भारी छुट समेत दिएको सुष्माले बताइन् । बार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए ।