फिल्म चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको" गीत सार्वजनिक गरिएको छ । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारी गर्दै फिल्मको "कथा"  बोलको गीत सार्वजनिक गरिएको हो । म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्य र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ ।  फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् । 

 

 

स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्मको  सार्वजनिक मोसन पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ ।