नाटक "ज्ञानको चिहान" बत्तिसपुतलि स्थित शिल्पी थिएटरमा भोलि बाट मञ्चन हुने भएको छ ।पौष ३० गतेसम्म मञ्चन हुने नाटकलाई माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलासी प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो । सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन् भने नाटकको कथा पूर्ण बहादुर गन्धर्व ,आशिष घिमिरे र नरेश रेग्मीले तयार पारेका छन् । नाटकमा श्रवन सिंह राना मगर, सौभाग्य सिंह राई , विशाल देवकोटा , सुचित्रा उप्रेती , उन्नत जङ्ग उप्रेती , नवीन अर्याल , दीपेश काफ्ले सन्जित प्रताप मल्ल , नवीन प्याकुरेल,सुनिल तामाङ , अर्जुन दुलाल , विकाश लामा , मौसम खड्का ,आनन्द मह्त , निशान खत्री ,सुन्दर धिताल, प्रीतिशा अधिकारी , पूर्ण बहादुर गन्दर्व , शंकर पोख्रेलको अभिनय रहेको छ । नाटक मंगलबार बाहे हरेक दिन बेलुका ५:३० बाट सुरु गरिने छ भने शनिबार दुई शो १ बजे र ५:३० मा मंचन हुने छ ।