नेपालमै सबैभन्दा ठुलो रियालिटी शोको आयोजना हुने भएको छ ।‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको हो । अमेरिकाको आयोजनामा हुने शो मा १६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ । यो प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो । १६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ । यो प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।रियालिटी शोका विजेताले १-१ करोड पुरस्कार समेत पाउनेछन् ।यस्तै, दुबै रियालिटी शोको फस्ट रनरअपले ३०-३० लाख र सेकेन्ड रनरअपले २०-२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन् । यी दुबै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् ।