नयाँ फिल्ममा नायिका मलिका महत अनुबन्धित भएकी छन् । नारी प्रधान रहने फिल्मलाई सञ्चारकर्मी समेत रहेका निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले गर्ने लागेका हुन् ।फिल्ममा मलिका सहित अर्की एक नायिकाको पनि मुख्य भूमिका रहनेछ । उक्त भूमिकाका लागि नायिका अडिसनमार्फत छानिने छन् ।फागुनको पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुने छ ।