फिल्म ‘तिम्रो मेरो साथ’को "झिलिमिलि झिलिमिलि" बोलको गीत सार्वजनिक भएको छ । निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ ।गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । रमेश एमके पौडेलको डेब्यू निर्देशित लभस्टोरी फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् ।
आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शन हुँदैछ ।