स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार रामचन्द्र अधिकारी बनेका छन् । चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको रकम प्राप्त गर्ने पहिलो कलाकार बनेका हुन् । बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन् । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र पाउने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी एक लाख प्राप्त गर्न सकिन्छ ।सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा अनुसार राष्ट्रिय बीमा कम्पनीले अधिकारीलाई ४६ हजार ६०० रुपैयाँ उपलब्ध गरेको छ ।