१४औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजना हुने भएको छ। शैली थिएटरले महोत्सव आयोजना गर्न लागेको हो ।महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था,नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्कृप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ।नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दाअगाडि र पर्दापछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने र स्क्रिप्ट बालबालिकासँग सम्बन्धित हुनुपर्ने बताइएको छ । छनोट भएर काठमाडौं उपत्यका बाहिरबाट आउने नाटकको समूहलाई काठमाडौंमा खाना र बस्नको प्रबन्ध आयोजकले गर्नेछ। प्रतियोगी नाटकहरूलाई विभिन्न ७ विधामा नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। महोत्सव माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव १० दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुनेछ।