फिल्म "फूलबारी" को गीत सार्वजनिक गरिएको छ 
माया रैछ र भर रैछ नि’ मा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलपनि पनि आवाज दिएकी छन् ।फिल्ममा मुख्य कलाकार दयाह्याङ राई , विपिन कार्की ,प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई  देखाइएको छ । 

यशोधा फिल्मस्ले निर्माण गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।फाल्गुन ५ लाई रिलिज मिति तय गरीएको छ ।