फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्मण टिमले फिल्मको घोषणा गरेका हुन् । फिल्मलाई विक्कि महर्जनले निर्देशन गर्ने छन् । पोस्टरमा अभिनेता सुसिल श्रेष्ठलाई फिचर्ड गरीएको छ । उनले फिल्ममा डेब्यु अभिनेत्री शिक्षा संग्रौलासँग अनस्क्रिन रोमान्स गर्नेछन् ।
रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।करिब २ करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ । एक्सन थ्रिलर जनरामा निर्माण हुने सिनेमाले कानुन नमान्ने पात्रको कथा भन्छ ।शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् ।फिल्मको छायांकन आगामी पौष २१ गतेदेखि सुरु हुने छ ।