फिल्म ‘नाङ्गो गाउँ’को निर्माण घोषणा गरिएकको छ ।  दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहनेछ । निर्देशक लामाकै लेखन तथा निर्देशन रहने फिल्ममा अन्य कलाकर भने छनौट गरीने छ । यो उनको पाचौं फिल्म हो। निर्देशक लामाले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ गरी चार सिनेमा निर्देशन गरिसकेका छन् ।