पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ कुमारी बैंकको मुख्य प्रायोजनमा नेको इन्स्योरेन्सले सप्पोर्ट गरेको सो कार्यक्रम यही बिहिबार १४ पुसमा काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा एक समारोहबीच भब्यताका साथ सम्पन्न भएको छ ।


सोचेभन्दा सफल भएको भन्दै अवार्ड तथा सम्मान कार्यक्रमको बिषयमा आयोजक एवम् अभिनेता यसराज गराचले जानकारी गराएका छन् ।चौथो संस्करणको यो अवार्ड नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि आयोजना भएको उहाँले बताउनुभयो।यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि अभिनेता यसराजले जानकारी गराउनुभएको छ।  मुनाफाको लागि भन्दा अधिराज्यभर लुकेर बसेको प्रतिभालाई एकै स्थानमा राखेर जुरी तथा भोटिङलाई बेस बनाएर मुल्यांकन गरिएको भनी अर्का आयोजक मध्यका एक राजन बुढाथोकीले आगो मिडियालाई खबर दिनुभयो। जुरी मध्यका एक पुष्कर लामाका अनुसार जुरीले ५०% तथा भोटिङ बाट ५० % बिजेता छानिएको थियो । स्मरण रहोस पुष्कर लामा चलचित्र प्राविधिक संघ का अध्यक्ष तथा नेफ्टा अवार्ड का प्रमुख आयोजक पनि हुनुहुन्छ ।      


       टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना भएको यो अवार्ड समारोहमा केही अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्ड बाट सम्मानित गरिएको छ ।

 

यो अवार्डका अर्का आयोजक एवम् मोडल दिक्पाल कार्कीका अनुसार अग्रज कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलाई इभरग्रीन लेजेन्डरी फेसन आइकन, अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतलाइ क्रमशः युथ सिने फेसन आइकन फिमेल तथा मेल, मोडल तथा अभिनेत्री मलिना जोशीलाइ आइकोनिक मिस नेपाल, अग्रज सञ्चारकर्मी नरेश भट्टराईलाई आइकोनिक टि.भी. पर्सनालिटी, रोहित रुम्बा लाई आइकोनिक सिने स्टार,सृष्टि खड्कालाई राइजिङ सिने स्टार,नेपालको पहिलो महिला रेशलर भगवाती खड्का ‘युनिका’लाई पनि आइकोनिक रेसलर अवार्ड बाट सम्मानित गरिएको थियो भने एसैगरी स्पेसल क्याटागोरीमा सागरिका श्रेष्ठ टि.भि.पर्सनालिटी,छिरिङ शेर्पा बेस्ट रियालिटी शो स्टार आदि ब्यक्तीहरुलेपनी अवार्ड जित्न सफल हुनुभएका थिए।आइकोनिक टिनेजर मोडेल अवार्ड बाट इसिम पोखरेल तथा वेब सिरिज एक्टर बाट सोनु परियारले अवार्ड प्राप्त गरेकोमा यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिएको आयोजक दिक्पाल कार्कीले बताउनुभयो। उहाँका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो भने सोही अनुरुप नेपालकै अहिलेसम्मको ठूलो अवार्ड लगभग १०० जनालाई सम्मान गरिएको थियो ।

 

 

यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको थियो । बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको थियो ।