म्युजिक भिडियो ‘माया बन्धन यो’ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ । बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन् । राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् ।ओम प्रसाईँ भिडियोका डिओपी हुन् ।
भिडियोका निर्देशक सन्दिप भुजेल हुन् । भिडियोमा अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छन् ।