फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति  पोस्टपोन्ड भएको छ ।  माघ २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म अब  माघ २७ गते प्रदर्शन हुने छ । फिल्मलाई कैलाश राईले निर्देशन गरेका छन् । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको संयुक्त ब्यानरमा अरुण तामाङले निर्माण गरेको फिल्ममा वर्षा शिवाकोटी , पुष्प खड्का , बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय रहेको छ । ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । फिल्मको कथा तथा पटकथा निर्देशक राईले लेखेका हुन् ।फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ ।