नेपाली चलचित्र क्षेत्रमा नाजिर हुसेन परिचित नाम हो । अब्बल अभिनयकै कारण नाजिरले आफ्नो राम्रो छाप चलचित्र क्षेत्रमा छाडेका छन्। मुस्लिम परिवारमा हुर्किएका नाजिर हिन्दु- मुस्लिम दुवै धर्मलाई समान हिसाबले सम्मान गर्दै हरेक पर्व मनाउने गर्छन्। उनै नाजिरले आफ्नो धर्म र नामका कारण बेलाबखत सास्ती भोग्दै आएका छन्। केहि बर्ष अगाडी उनि मुसलमान भएकै कारण नकारात्मक कमेन्ट तथा धम्किको शिकार भएका थिए। यस्तै भोगाइ उनका धेरै रहेका छन्। उनै नाजीरले अंग्रेजी नयाँ बर्ष तथा नेपाली ढाका टोपी दिवसको अवसर पारेर सामाजिक संजालमा एक स्टाटस लेखेका छन्।मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु 

तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? 
तपाई हिन्दू कि मुसलमान ? 
ओहो, तपाई त तराईबाट आएको भएपनि 
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ ! 

फ्याट्ट उत्तर दिन मन लाग्छ 
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा । 

मान्छे बन्न खोज्दैछु 
मान्छे बन्न दिनुस । 

सुन्नुस
म पनि यहि माटोको हो 
मेरो शरीरमा पनि रगतनै हो बग्ने 
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशीलाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ । 

हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने 
हाम्रो ढाका टोपी जस्तै 
सबैको सोच र विचार अग्लियोस ! 

ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना ????????