अभिनेता विपिन कार्की अभिनयका बाड्शाहा मानिन्छन् । उनले काम गरेका केहि फिल्म फ्लप भए पनि उनको अभिनयमा कसैले खोट लाउने साहस गर्न सक्दैनन् । तिनै अभिनेता कार्की बलिउडमा काम गर्ने खबरले एक चोटि मज्जाले बजार ततायो । फ्यानहरुमा उक्त खबरले छुट्टै खुसि पनि दियो । साथै नेपालि सिने क्षेत्रमा पनि उनको चर्चा चल्यो । बलिउड फिल्म एनिमल मा काम गर्ने जोशका साथ केहि दिन अघी मुम्बई गएका उनि अहिले खालि हात नेपाल फर्केका छन् । पटक-पटक मुम्बई पुग्दा पनि उनको सेड्युलको काम सुरुवात नभएपछि उनि नेपाल फर्किएर ‘प्रसाद २ ‘ को सुटिङ्ग सुरुवात गरेका थिए। प्रसाद २ को सुटिङ्ग सेड्युल बीचमा मुम्बई बाट फिल्मका लागी बोलावट आएको तर विपिन ले सेड्युल व्यस्तताको कारण फिल्म गर्न नसक्ने बताएका छन्। झन्डै २ बर्ष उनले फिल्म ‘एनिमल’ का लागी खर्चिए तर अन्तत: उनको बलिउड डेव्यु हुन् सकेन।रणवीर कपुर, अनिल कपुर, ववी देओलो, राष्मिका मन्दना लगायतका कलाकार फिल्ममा रहेका थिए। अब भने उनि उक्त फिल्ममा काम नगर्ने पक्का भैसकेको छ ।