‘तिम्रो मेरो साथ’ निर्माण टिम काठमाडौ फर्किएका छ । मोफसल टूर सम्पन्न गरेर निर्माण टिम काठमाडौ फर्किएका हुन् । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भएको थियो । चितवन ,दमक लगायत ठाउँमा पुगेका निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलेको थियो । टुरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम टुरमा हिडेका थिय । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । पुष २९ गतेबाट रिलिज हुने फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।